काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताउनु भएको छ ।
राष्ट्रपति ट्रम्पले ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गर्नु भएको हो ।
उहाँले ट्वीटमा भन्नुभएको छ, “म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन् ।”
यसैबर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गर्नु भएको थियो । राजदरबार परित्याग गर्ने बेलामा उहाँहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ चैत्र २०७६, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ