काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताउनु भएको छ ।
राष्ट्रपति ट्रम्पले ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै उक्त विचार सार्वजनिक गर्नु भएको हो ।
उहाँले ट्वीटमा भन्नुभएको छ, “म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरु क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ, तर उनीहरुको सुरक्षा खर्च व्यहोर्न अमेरिका तयार छैन । उनीहरुले आफ्नो बन्दोबस्त आफैं गरुन् ।”
यसैबर्षको शुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पद समेत त्याग गरेको घोषणा गर्नु भएको थियो । राजदरबार परित्याग गर्ने बेलामा उहाँहरुले अमेरिका र बेलायतमा आलोपालो बस्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ चैत्र २०७६, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
ट्रम्पको नयाँ ट्यारिफ नीतिपछि विश्व शेयर बजारमा २०२० यताकै ठूलो गिरावट