कोरोना विरुद्धको लडाई : कहाँका शासक कस्ता ?

कोरोना विरुद्धको लडाईमा सि जिन पिड र पुटिनजस्तै प्रत्यक्ष फिल्ड सम्हाल्न चुके अन्य देशका शासक

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १३ : ४२
कोरोना विरुद्धको लडाई : कहाँका शासक कस्ता ?

काठमाडौं । जनतासँग प्रत्यक्ष जोडिन चाहने शासकहरु जनताका सधै प्रिय हुन्छन् । बन्द कोठाभित्रवाट निर्देशन मात्र दिने शासकहरु जनताका सुख दुःखका सहयात्री दीर्घकालसम्म बन्नै सक्दैनन । विश्व कोरोना भाइरससँग जुध्दै गर्दा विश्वका विभिन्न मुलुकका कार्यकारी शासकहरुका वास्तविक परिक्षा पनि शुरु भएको छ ।

 सि जिन पिड र पुटिन
चीनका राष्ट्रपति सि जिन पिडआफै कोरोना संक्रमण भएको वुहान सहरमा आफै पुगे । त्यहाँका जनताका समस्या आफ्नै आँखाले हेरे । संक्रमण राकेथाम र नियन्त्रणका लागि के गर्ने भन्नेमा आफैले फिल्डको कमाण्ड सम्हाले ।

सिको योजना र खटाईका कारण चिनले यो भाइरससँगको लडाई करिव जितको अवस्थामा पु¥याएको छ ।

आफनो देशभित्रको संक्रमण रोक्न मात्र होइन, विश्वका अन्य देशमा पनि चिनले आफनो तर्फवाट सक्दो सहयोग अगाडी बढाएको छ । पछिल्लो समय भयानक बन्दै गएको इटाली लगायतका देशमा चिनले आफ्ना चिकित्सक टोली नै पठाएको छ ।

हाम्रै नेपाललाई पनि १३ टन स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेर चिनले सहयोगको हात अगाडी बढाईसकेको छ ।

रसियाले पनि रोग रोगथामका लागि अनेक उपाय अवलम्बन गरि नै रहेको छ । त्यहाँका राष्ट्रपति पुटिन पनि युद्दस्तरमै जुटेका छन् । उनले पनि प्रत्यक्ष प्रभावित जनतामा राज्यको अनुभूति दिलाउन आफै प्रत्यक्ष फिल्डमा खटिएका छन् ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न योजना बनाईरहेका छन् ।

तर नेपालका प्रधानमन्त्री ?
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफैमा विरामी छन् । उनको फागुन २१ गते मात्र दोश्रो पटक मृगौला पून प्रत्यारोपण गरिएको छ । मुटुको चाल वढी चलेपछि उनलाई तीन दिन अगाडी मात्रै मध्यरातमा अस्पताल भर्ना गर्नु परेको थियो ।

यसले गर्दा पनि उनी आफैलाई प्रर्याप्त आरामको खाचो यतिबेला छ । मृगौला प्रत्यारोपणका कारण संक्रमण हुन सक्ने भएकाले उनले आफनो स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने हुन्छ । 

त्यसमाथी विश्वव्यापी कोरोनाको संक्रमण महामारीको रुपमा फैलदै जादा यसले पनि थप असर गर्न सक्ने भएकाले चिकित्सकहरुले उनलाई घर वाहिर निस्कन दिएका छैनन । वालुवाटार स्थित सरकारी निवासमा पनि उनलाई अहिले अरुलाई भेटन रोकिएको छ ।

खास सन्दर्भ  परेका बेला मात्र उनलाई अन्य नेता र मन्त्रीहरुले भेटन पाउछन । हिजो मात्रै सम्पन्न मन्त्रिपरिषद् वैठकमा पनि उनले ठूलो हलमा दुरी कायम राखेर मन्त्रीपरिषद् वैठक बसाल्नु परेको थियो ।

अन्य तयारी नेताहरुलाई गराएर औपचारिकताका लागि मात्र उनले वैठक अध्यक्षता गरिरहेका छन् ।

प्रधानमन्त्री ओली आफ्नै स्वास्थयका कारण यसको प्रभावका बारेमा प्रत्यक्ष फिल्डको कमाण्ड गर्न सकिरहेका छैनन । उनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई अगाडी सारेर कोरोनाको रोकथाम र नियन्त्रणका लागि अनेक योजना हरु निर्माण गरिरहेका छन् ।

नीति बन्ने तर त्यसको ब्यवहारिक कार्यान्वयन पक्ष कमजोर देखिएको भन्दै सरकारको आलोचना        बढिरहेका बेला प्रधानमन्त्री ओलीले आफु पनि वालुवाटारभित्रै बसेर काम गरिरहेको र सर्वसाधारणलाई पनि घरभित्रै बस्न आग्रह सहतिको सामाजिक सन्जालमा प्रतिक्रिया आएको थियो ।

प्रधानमन्त्रीले हिजो फेरि एउटा टाक्सफोर्स बनाएका छन् । यस अगाडी पोखरेलकै नेतृत्वमा कोरोना रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति बनाएका थिए । अहिले त्यहाँ रहेका दुइृ मन्त्री योगशे भटटराई र  रामेश्वर राय यादवलाई झिकेर त्यसको साटो सुरक्षा निकायका प्रमुखहरुलाई थप गरेर छुटटै ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) गठन गरिएको छ ।

उक्त समितिको संयोजक पनि उपप्रधान तथा रक्षामन्त्री पोरखेललाई नै बनाईएको छ । त्यस्तो टाक्र्सफोर्समा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र सुरक्षा निकायका प्रमुख रहने ब्यवस्था मिलाईएको छ ।