पाटन अस्पतालको आईसीयूमा राखिएका एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १३ : २९
पाटन अस्पतालको आईसीयूमा राखिएका एकजनाको मृत्यु

काठमाडौँ  ।  ललितपुरको पाटन अस्पतालको आईसीयूमा राखिएका एकजनाको मृत्यु भएको छ । पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु भएको पुष्टि गरे । 

उनका कोरोनाको संक्रमण समेत भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको छैन । 

धादिङका ती पुरुष केही दिनअघि अस्पतालमा भर्ना भएका थिए भने ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस