कोरोनाविरुद्ध अभियानमा भाटभटेनी समूहले सातवटै प्रदेशलाई २५–२५ लाख सहयोग गर्ने

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १२ : ०६
कोरोनाविरुद्ध अभियानमा भाटभटेनी समूहले सातवटै प्रदेशलाई २५–२५ लाख सहयोग गर्ने

काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । उक्त समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । 

भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस