‘कोरोना’ मा पनि सरकारको भ्रष्टाचार !

दुई महिनासम्म आवेदन परेका १९ कम्पनीलाई खरिद अनुमति नदिई पून टेन्डर आह्वान

सोमबार, १७ चैत्र २०७६, १० : ०२
‘कोरोना’ मा पनि सरकारको भ्रष्टाचार !

काठमाडौं । विश्व कोरोनाको महामारीसँग जुध्दैछ । यसले विश्व अर्थतन्त्रमा निक्कै ठूलो झट्का लाग्दैछ । तर ‘...लाई भन्दा देख्ने लाई लाज’ भने झै सरकारका जिम्मेवार केही मन्त्रीहरु भने यसै बहनाका आर्थिक लाभ कसरी लिन भन्ने बहानाबाजीमा लागेका छन् ।  कोरोना भाइरस (कोविड १९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि आवश्यक स्वास्थ्य उपकरण खरिदमा सरकारले ठूलो भ्रष्टाचार गरेको रहस्य खुलेको छ ।

तर यसलाइृ ढाकछोप गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल गै¥ह जिम्मेवार ढंगले प्रस्तुत हुन थालेका छन् । चीनमा पहिलोपटक कोरोना देखिएयता त्यसले विश्वमा पारिरहेको प्रभावका बारेमा चुपचाप बसेर जब अन्तिम समयमा सरकारले महँगो दररेटमा तीन घण्टाभित्रै टेन्डर प्रक्रिया पूरा गरि स्वास्थ्य सामग्री खरिद गरी भ्रष्टाचार गरेको आरोप सर्वत्र लाग्न थालेको छ ।

आम सर्वसाधारणले मात्र होइन, सरकारलाई यस्तो प्रश्न स्यवं चिकित्सक, स्वास्थ्य उपकरणका काम गर्दै आएका नीजि ब्यवसायी लगायतले उठाउँदै आएका छन् । तर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल जवाफ दिईरहनु पर्ने विषय नै नभएको भन्दै पन्छिन थालेका छन् । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको १५ पुसमा हो । उसले माघ ९ मा लकडाउन गरेपछि विश्वको ध्यानाकृष्ट त्यहाँ परेको थियो । त्यसयता विश्वका अन्य देशले उक्त रोगसँग लडनका लागि आवश्यक तयारी थाले । स्वास्थ्य उपकरणको जोहो गर्न थाले । तर छिमेकमै रहेको नेपालले भने त्यसयताका ६७ दिनसम्म पनि चुपचाप बस्ने नीति लियो । 

बुहान लकडाउन भएदेखि पूर्वतयारीका लागि स्वास्थ्य उपकरण किन्न नेपाल सरकारले सम्बन्धित कम्पनीहरूबाट टेन्डर आह्वान गरेको थियो । २५ माघमा टेन्डर आह्वान गरिएपछि १९ कम्पनीले कोटेसन बुझाएका थिए । तर, दुई महिनासम्म ती कोटेसन सरकारले बास्तै गरेन् । गत सोमबार सरकारका मन्त्रीहरुलाई समेत लाभहानी हुने गरी पून टेन्डर आह्रवान गरेर आफुलाई लाभ दिने व्यवसायी छनौट गरेर महँगो दरमा स्वास्थ्य उपकरणका सामग्री खरिद गरेको रहस्य खुलेको छ ।

पहिले टेन्डर आह्रवान गरेको दुइृ महिनासम्म आवेदन परेका १९ कम्पनीलाई खरिद अनुमति नदिई पून टेन्डर आह्वान गरेर तीन घण्टामै आफुलाई आर्थिक लाभ हुने गरी महँगो दरमा किन सामग्री खरिदको बाटो रोजियो, अहिले सबैभन्दा रहस्यको विषय यही बनेको छ । 

निश्चय नै, कोरोनाको महामारीसँग जुध्नकालागि स्वास्थ्य उपकरण खरिद गर्ने विषय सँगको आम सर्वसाधारणको असहमति होइन । यो खरिदमै ढिलो भयो । खरिद भएपछि पनि यसरी संकटका बेला ल्याउनु हुन्न थियो भन्ने होइन । तर ६७ दिनसम्म चुपचाप लागेर फेरि टेन्डर आह्रावान गरी तीन घण्टामै किन महँगो दररेटमा खरिद गरियो भन्नेमा भने आम सर्वसाधारणले आर्थिक बदनियत रहेको शंका गरेका छन् ।
  
खासगरी चिनियाँ दूतावास र सिचुवान प्रान्तले २ सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) किन ति¥यो ? त्यस्तै, चिनियाँ सरकारले ५ सय ५ रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २ हजार १ सय ५२ रुपैयाँ (१८ डलर) कसरी ति¥यो ? चिनियाँ सरकारले ४ हजार ७ सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इन्फ्रारेड थर्माेमिटर नेपाल सरकारले किन्दा ७ हजार ७ सय ७१ (६५ डलर)  किन कसरी ति¥यो ? भन्ने प्रश्न अहिले अनुत्तरित छ । यसभित्र नीतिगत रुपमै भ्रष्टाचार रहेको देखिएको छ । अझ विगत १५ वर्ष देखि चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै आएका एनआरएनका केन्द्रीय सदस्य समेत रहेका नविन विश्वकर्माले उठाएको प्रश्नले पनि स्वास्थ्य खरिद सामग्रीमा प्रष्टै भ्रष्टाचार देखिएको छ ।

उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गदै एक पत्र प्रेषित गरेर स्वास्थ्य खरिदमा भ्रष्टाचार भएको फेहरिस्त सार्वजनिक गरिदिएका छन् ।
उनले लेखेको पत्रमा एकपटक पढ्नुहोस त :

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल
म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रिय ब्यापार गर्दै बसेको छु । म एनआरएनएको केन्द्रीय सदस्य पनि हु । मैले अहिलेको स्थितिमा केही नबोली चुपचाप बस्न सकिन । त्यसैले केही कुराहरु लेख्दैछु ।

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्राउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्यो होला । तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणित काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन । किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्यसंग खेलवाड गर्नुभएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड ? गाउनमा मात्रै ११ करोड ? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु ? 

 नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु । मेरो सम्पर्क नम्बर : +86 18620758858 व्हाट्सअप, विच्याट Email: [email protected] 
कृपया कालोबजारी र यै हो मौका भनेर मौका छोप्नीहरुले सम्पर्क नगर्नुहोला ।

विकले यो प्रश्न उठाएपछि खरिद गरिएका स्वास्थ्य सामाग्रीका विषयमा अनेक प्रश्न उठेका छन् । सरकारले तीन घण्टाको बीचमा स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) लाई दिएको थियो । उसले करोडौं कमिसन सरकारका सम्बन्धित मन्त्री देखि अन्य सम्पर्क सूत्रसम्मलाई दिने गरी टेन्डर लिएको थियो । पहिले टेन्डर गरेका १९ कम्पनीलाई नदिई दुई महिना त्यक्तिकै थन्काएर पून टेन्डर आव्हान गर्ने र तीन घण्टाकै बीचमा खरिद गर्ने निर्णय लिनुभित्र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)लाई नै ठेक्का दिने पक्कापक्कीमा सरकार लागेको थियो ।

त्यही प्रक्रिया पूरा गराउनका लागि मात्र सरकारले समयको मौका खोजेको थियो । त्यही अवसर आएपछि प्रक्रिया पूरा गरेको बहनाबाजी बनाएर सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)लाई उपकरण खरिदको ठेक्का दिएको थियो । प्रधानमन्त्री केपी ओली बिरामी भई बसेको, ओली निकटका मानिने निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा देखि अहिलेको स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सम्म मनग्गे आर्थिक लाभ हुने गरी भ्रष्टाचारमा मुछिदै जान थालेपछि सरकारको अहिले चर्काे आलोचना शुरु भएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नीतिगत निर्णय गरेपनि त्यसको ब्यवहारिक कार्यान्वयन पक्ष भने एकदमै फितलो देखिएको छ । चीन देखि रुस सम्म सरकारका प्रमुखहरु नै स्यवं फिल्डमा यो रोगसँग जुध्नकालागि परिचालन भईरहेका बेला नेपालका प्रधानमन्त्री भने आफै रोगसँग बालुवाटारमा आराम गरेर जुधेर बसिरहेका छन् । अनि सरकारका मन्त्रीहरु यही मौकामा चरम आर्थिक लाभ लिने गरी कमिसन काण्डमा मुछिन पुगिरहेका छन् । यसले सरकारमाथी जनताको विश्वासमा कुठाराघात गर्दै लगेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस