प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्योरोपण गर्ने डाक्टर ज्ञवालीले कोरोना कोषमा गरे २ लाख सहयोगको घोषणा

सोमबार, १७ चैत्र २०७६, ०७ : २९
प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्योरोपण गर्ने डाक्टर ज्ञवालीले कोरोना कोषमा गरे २ लाख सहयोगको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने कार्यको नेतृत्व गरेका डाक्टर प्रेमराज ज्ञवालीले कोरोनाको विरुद्ध लड्न २ लाख सहयोृगको घोषणा गरेका छन् । 

उनले प्रधानमन्त्री राहत कोषमा १ लाख र प्रदेश नम्बर ५ को राहत कोषमा १ लाख गरी रु २ लाख सहयोगको घोषणा गरेका हुन् । उनी प्रदेश नम्बर ५ स्थित गुल्मीका स्थायी बासिन्दा हुन् । 

उनले आइतबार भनेका छन्, कोभिड १९ सँगको युद्धमा अरु स्वास्थ्यकर्मीहरु संगै अग्रपंतिमा रहेता पनि यस रोग सँग लड्न प्रधानमंमन्त्री राहत कोषमा १ लाख र मेरो आफ्नो प्रदेश नं ५ को कोरोना राहत कोषमा १ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छु।’ उनले  उक्त रकम बैकको कारोबार शुरु भएपछि प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस