एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्व भरि फैलिरहदा यसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो ।
महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको भारतिय संचारमाध्यमले जनाएको छ ।
संसारभर हालसम्म कोरोना भाइरसका कारण ३० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार १ सय ३ जनामा सक्रमण पुष्टि भइसकेको छ ।
नेपालमा अहिलेसम्म औपचारिक रुपमा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु