आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउने देखी विशेष राहत घोषणा गर्ने

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, ११ : ४१

काठमाडौं ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने देखी लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ । 

 बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप निर्णयहरु लिनेछ । स्रोतअनुसार बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहत तथा कोरोना प्रभावित देशमा रहेका नेपालीहरुलाई स्सवदेश ल्याउने लगायतका विषयमा निर्णय गर्ने तयारी भैरहेको छ ।

उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषदबाट अनुमोदन गर्नुपर्ने भएकाले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस