‘लकडाउन’ संगै यो महामारीबाट बच्न के गर्ने, नगर्ने : मनोविदको सुझाव यस्तो छ...

आइतबार, १६ चैत्र २०७६, ०८ : ०३
‘लकडाउन’ संगै यो महामारीबाट बच्न के गर्ने, नगर्ने : मनोविदको सुझाव यस्तो छ...

काठमाडौँ । विश्व महामारीको रुप लिँदै गएको कोराना भाइसरको संक्रमण फैलन नदिन नेपालमा सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन लकडाउनको आदेश जारी गरेको छ । ११ गतेदेखि जारी गरेको आदेशको आज छैटौं दिन हो । यस्तो अबस्थामा सर्वसाधारले के गर्ने, नगर्ने दोधारमा छन् । कतिपय त लकडाउन उल्लंघन गरेर हिंडिरहेका छन् । यस्तो अवस्थामा के गर्न सकिन्छ : मनोविद् पदमराज जोशीले समयको सदुपयोग गरी आफ्नो मनोबल बढाउन विभिन्न टिप्स दिएका छन् ।

–पत्रकारहरु महामारीको समाचार तपाईंको टाइम लाइनमा नराख्नुस (तपाईंको उदेश्य पबित्र हो तर ब्यक्तिगत भिन्नतालाइ  आत्मसात् गर्नुस तपाइको त्यो सुचनाले अरुलाइ डर, त्रास र चिन्ता पैदा गरिदिन्छ र आत्मबल कमजोर बनाइदिन सक्छ ।

–सबैको आक्रोश  गुनासो राज्यप्रति हुन्छ त्यो स्वाभाविक हो पनि तर हामीले राज्य र सरकार सन्चालन गरिरहेका नेतृत्व प्रति सचेत, जानकार छौ  र कति आशा गर्ने र के नगर्ने  भनि कम्तिमा जनप्रतिनिधीहरुं, साँंंसदहरु, पक्ष , बिपक्षका धैरे सांसदहरुलाइ थाहा नै छ । त्यसमा सरकारको नै भर पर्नु भन्दा यो विपत्तीको निराकरण गर्न गठित समितिलाई सामजिक सन्जाल मार्फत खबरदारी र ध्यानाकर्शण गरौ ।

–फेसबुक वा अरु सन्जालमा घरी घरी त्यही नकारात्मक सुचना प्रबाहित गर्नेहरुले ध्यान दिेऔं, यो तपाईंको मुहार जस्तै हो र मुहारमा तपाईंले नकारात्मक सन्देश दिदा तपाईं लगायत तपाईंको साथीहरुमा त्यसको डर, त्रास र चिन्ता उत्पन्न हुन सक्छ जसले गर्दा ब्यक्तिको आत्म बल कमजोर भइ रोग बिरुद्द लडने शक्तिमा ह्रास आउन सक्छ त्यसर्थ आफैलाई नियन्त्रण गर्नुस र आत्मबल बढाउने र प्रेरित कुराको सम्प्रेषण गर्नुस । 

यसबाट बच्न के के गर्दा आफु र परिवार समायोजन गरि स्वथ्य हुन सकिन्छ त ? केहि उपायहरु
–कुनै सुचना घरिघरी दिमाग राख्दा दुबै नकारात्मक वा सकारात्मक यस्को असर हामीमा पर्दछ त्यसर्थ अहिले कोरोनाका नकारात्मक सूचनाबाट आफुलाइ सिमित्टा (ढाढा) राख्नुस । उदाहरणका लागि कुनै ब्यक्ति हामीलाइ मन पर्छ कुनै पर्दैन यसको अर्थ यो बुझ्नु पर्छ कि ब्यक्ति को आकृति एक सूचना हो र यसले हाम्रो दिमागबाट निस्किने रसायनलाई प्रभावित गर्दछ अनि हामी त्यो ब्यवहार देखाउछौँ ।

–आत्तिनु पर्दैन, यो भाइरस हो, केवल आपनो भावना र ब्यवहारलाई नियन्त्रण गर्नुहोस, सुरक्षित रहनुस,
–दैनिकी तालिका बनाउनुस कम्तिमा ६, ८ घन्टा अनिवार्य सुत्नु पर्ने तालिका समावेश गर्नुस ।
–खानपिनमा अरु बेला जस्तै ब्यस्त रहनुस (शाकाहारी) बन्नुस ।
–, बच्चाहरुसंग, आमाबाबुहरुलाइ सेवा र सत्सङ्ग गर्ने यो उपयुत्त समय हो, त्यसर्थ उनीहरुसंग आनन्दमय तरिकाले       प्रस्तुत हुनुस ।
–कम्तिमा १ घण्टा नाच आउँदैन भने पनि रमाइलो वातावरण बनाउनु होस । यो प्रायः साझ अर्थात् रात्रि भोजन पूर्ब गर्नुस  ।
–घरमा एकदम आनन्ददायी वातावरण पुर्याउनु बयस्कहरु को मूख्य दायित्व हो । त्यसर्थ बोल्दा अभिनय गर्नुस, रिस उठ्ने , झगडा उठ्ने बोली बन्द गर्नुस ।
-भान्छामा कम्तिमा प्रत्येक सद्स्यले केहि केहि सहयोग गर्ने गर्नुस ।
-नियमित ब्यायाम, अभ्यास , योग, ध्यान गरौ,  मानसिक प्राथमिक सहयोगका लागि तालीम प्राप्त ब्यक्ति , मनोबिमर्शकता, मनोबिद, मनोचिकित्सकहरु सङग सहयोग सम्पर्क गरौ ।

सवैले धैर्यता र आत्मवल वढाउने काम गरौ, घरभित्रै खेलीने खेल खेलौ खेलाऔ, यो अवसर सम्झेर साबधानी अपनाऔ, घरमै वसौ । कोरोनाको समयावधि सकिएर निष्क्रियपछी शान्त हुनेछ । कृपया शान्त हौ ।  एक अर्का बिचको भौतिक शारीरिक दुरी कम गरौ । सामाजिक दुरीलाइ सामाजिक सन्जाल, सन्चार प्रबिधीमा आफ्ना नातेदार , इस्टमित्रहरु सङग सम्बन्ध स्थापित गर्नुस र ब्यस्त रहुनस ।

प्रतिक्रिया दिनुहोस