एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधन र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिएका छन् ।
कोरोना भाइरसका कारण संक्रमति भएका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएको भन्दै ट्रम्पले जनरल मोटर्सलाई यस्तो आदेश दिएका हुन् ।
कार निर्माता जाइन्टका प्रमुख कार्यकारीको आलोचना गरेपछि ट्रम्पले भेन्टिलेटर उत्पादनको आदेश दिएका हुन् । उनले कोरियाली युद्धका बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानूनको उल्लेख गर्दै यस्तो आदेश दिएका हुन् ।
सो कानून अनुसार राष्ट्रपतिले कम्पनीहरुलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक सामग्री उत्पादनका लागि बाध्य पार्न सक्छन् ।
ट्रम्पले जिएमले समय खेल फालिरहेको आरोप लगाउँदै अमेरिकीको जीवन जोगाउनका लागि तत्काल प्रतिक्रियाको खाँचो रहेको बताए ।
अमेरिका अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीको नयाँ इपिसेन्टर बनेको छ । अहिलेसम्म अमेरिकामा एक लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा दिन प्रति दिन संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । कोरोनाको संक्रमण बढ्न नदिन अमेरिकामा उच्च सतर्कता अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ