फ्रान्स र जर्मनीका पर्यटकको उद्दार गर्न कतार एयरलाइन्सको दुई विमान शनिबार नेपाल आउने

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, २१ : ११
फ्रान्स र जर्मनीका पर्यटकको उद्दार गर्न कतार एयरलाइन्सको दुई विमान शनिबार नेपाल आउने

फाईल फोटो

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र विदेशी नागरिक लिन कतार एयरलाइन्सको दुई विमान शनिबार नेपाल आउने भएको छ । फ्रान्स र जर्मनीका पर्यटकको उद्दार गर्न कतारको जहाज नेपाल आउन लागेको हो । 

शुक्रबार बिहान पनि दोहाबाट आएको कतार एयरको वाइडबडी विमानले काठमाडौंबाट जर्मनसहित ३ सय ४ जना यात्रु बोकेर फर्केको थियो । 

विमानस्थल  अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार उक्त उडानमा २ सय ७० जर्मन नागरिक थिए भने बाँकी युरोपियन युनियनका ११ वटा सदस्य मुलुका नागरिक थिए । यता नेपाल वायुसेवा निगमको वाइडबडी  जहाज शनिबार ग्वाङजाउ जाँदैछ ।  मेडिकल कार्गो उडानमा विमान जान लागेकोहो ।

प्रतिक्रिया दिनुहोस