सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

रासस

शुक्रबार, १४ चैत्र २०७६, ११ : २५
सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

फाईल फोटो

काठमाडौँ । बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ  ।

फ्रान्सबाट कतार हुंँदै यही चैत  ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित  क्वारेन्टाइनमा राखिएको हो । सो  विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ  ।

बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस