कोरोना भाइरसकै कारण देखाएर चीन र अमेरिकाबिच किन बढदैंछ दुरी ?

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, ०८ : ०६
कोरोना भाइरसकै कारण देखाएर चीन र अमेरिकाबिच किन बढदैंछ दुरी ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरसको संक्रमणको संख्या लुकाउदैं गएको आरोप बिहिबार एक पत्रकार सम्मेलनमा लगाए । उनले त्यति मात्र नभई चीनले तथ्यांकमा प्रस्तुत गरेको संक्रमितको संख्या त्यसको अत्याधिक रहेको बताए ।

अहिले कोरोना भाइरसका संक्रमण्ढा चीनबाट देखिएसंगै अमेरिका र चीन बिच दुरी बढ्दै गएको छ । कहिले अमेरिकाले चीनलाई लाञ्छना लगाउने गरि प्रतिक्रया दिन्छ, त कहिले चीनले पनि त्यसको प्रतिवाद गरके देखिन्छ । जस्तो कि दुवै राष्ट्र बिच शित वार नै चलेको हो कि भन्ने आभास हुन्छ । अमेरिकाले कोरोनाको सङ्क्रमण फैलाउने देशकारुपमा चीनको बदनाम गर्न खोजे पनि प्रमाणहरूले अर्कै तथ्य पुष्टि गर्दै छन् । चीनमा देखिनु भन्दा अघि अमेरिकाको इलिनोइजमा अगष्ट महिनामै हाल कोरोना भाइरस सङ्क्रमितमा देखिएको लक्षण देखिएका एक व्यक्तिको मृत्यु भएको थियो ।  

त्यस बेला फोक्सो सम्बन्धी अज्ञात रोगका कारण भन्दै उनको मृत्युबारे त्यहाँको एक अस्पतालले जानकारी गराएको समाचार न्युयोर्क टाइम्समा प्रकाशित भएको थियो । सो समयमा त्यही प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या भएका १ सय ९३ जना बिरामीहरू अमेरिकाका विभिन्न २२ वटा राज्यमा फेला परेका थिए । अक्टोबर ८ तारिकमा न्युयोर्क टाइम्समा प्रकाशित समाचारका अनुसार इलिनियोजमा मात्र २२ जना बिरामी फेला परेका थिए ।ती बिरामीहरूमा देखिएका लक्षण अहिले कोरोना भाइरस सङ्क्रमितसँग शतप्रतिशत मिलेको छ । 

यी लगायत अन्य धेरै तथ्यहरूको सूचिसहित चिनियाँहरू अमेरिका तिर फर्केर केही तिखा प्रश्नहरू गरिरहेका छन् । जसको जवाफ औपचारिक रूपमा नै कुनै बेला चीनले माग्नसक्ने अनुमान गर्न थालिएको छ । उनीहरूको प्रश्न छ, के अमेरिकामा त्यो बेला यस्तो रोग देखिएको तथ्यले नै कोरोना भाइरसको सङ्क्रमण अमेरिकाबाट फैलिएको भन्ने पुष्टि हुँदैन र ?

यसबाहेक चिनियाँहरूको दाबी यो छ कि सन् २०१९ को अक्टोबर १८ देखि २७ सम्म चीनको वुहानमा भएको विश्व सैन्य खेलहरूमा सहभागी हुन आएका अमेरिकी सैनिकहरू नै सङ्क्रमित थिए । र, उनीहरूबाट नै चीनमा कोरोना भाइरस फैलिएको दाबी गर्छन। चिनियाँ सामाजिक सञ्जालमा नक्सा सहित धेरैले लेखिरहेका छन् कि चीनमा आयोजित सो खेलमा सहभागी हुन आएका ती ३ सय अमेरिकी सेनाहरू भाइरस फैलिएको भनिएको वुहानको सामुन्द्रिक खाना पाइने बजार (सिफूड मार्केट) भन्दा मात्र ३ सय मिटरको दुरीमा रहेको वुहान ओरिएन्टल होटेलमा बसेका थिए ।

जस मध्ये ५ जना अमेरिकी सेनाहरूमा अक्टोबर २५ तारिककै दिन उच्च ज्वरो देखिएको थियो । उनीहरूलाई त्यहाँको सङ्क्रमण रोगको अस्पतालमा उपचारको लागि लगिएको थियो । आफ्नो दाबीलाई थप बल पुर्‍याउन चिनियाँहरू भन्दै छन्( वुहान स्थित सो ओरिएन्टल होटलका ४२ जना कर्मचारीहरू कोभिड(१९ को लक्षण देखिएका पहिला चिनियाँ नागरिक मध्येका हुन् । जुन बेला सङ्क्रमण फैलावट सुरु भएको भनिएको बजारमा जम्मा ७ जना मात्र सङ्क्रमित व्यक्ति फेला परेका थिए ।

अमेरिकी सेनाले नै चीनमा कोरोना भाइरस पुर्‍याएका हुन् भन्ने चिनियाँ दाबिलाई दर्बिलो बनाउने सबैभन्दा महत्त्वपूर्ण तथ्य चाहिँ यो हो की अमेरिकी सेनाको जुन टोली चीन पुगेको थियो उनीहरूलाई अमेरिकाको मेरिल्याण्ड स्थित सेनाको जैविक प्रयोगशाला ‘फोर्ट डिट्रीक’ नजिकै तालिम दिइएको थियो । 

अझ रोचक त यो छ की सो प्रयोगशालामा विभिन्न खालका कमजोरी र समस्या देखियो भन्दै केही अघि सन् २०१९ को जुलाई महिनामा अचानक त्यसलाई बन्द गरिएको थियो । वास्तवमै अमेरिकाको जैविक हतियार सम्बन्धी अनुसन्धान गर्ने सबैभन्दा ठुलो सो केन्द्र एकाएक बन्द गर्ने अमेरिकी निर्णय कोरोनाको सङ्क्रमण फैलनु अघि नै प्रश्नको घेरा भित्रै थियो । त्यसपछि अमेरिकामा निमोनिया र त्यस्तै खालका नयाँ रोगहरू देखा परेको चिनियाँहरू दाबी गरिरहेका छन् ।

फेरि पनि अहिले सबैभन्दा अहम् प्रश्न यो हो की अमेरिकाबाट चीनसम्म सो भाइरस योजनाबद्ध रूपमा पुर्‍याइएको हो या भुल बस चीन पुगेको हो रु अहिले चिनियाँहरू यसको जवाफ खोजिरहेका छन् ।  सोमबार ट्विट मार्फत सोधिएको प्रश्न यस्तो छ( अघिल्लो वर्षको सेप्टेम्बरमा सुरु भएको फ्यू (रुघाखोकी)बाट मृत्यु भएका २० हजार जना मध्ये कति जनामा कोरोना भाइरस (कोभिड १९) थियो ?

चिनियाँ अधिकारीहरू अमेरिकासँग यो यक्ष प्रश्नको जवाफ मागिरहेका छन् भन्ने कुरा पेरिसस्थित चिनियाँ दूतावासले गरेको यो प्रश्नले पनि स्पष्ट पार्छ । सोमबार ट्विट मार्फत सोधिएको प्रश्न यस्तो छ( अघिल्लो वर्षको सेप्टेम्बरमा सुरु भएको फ्यू ९रुघाखोकी०बाट मृत्यु भएका २० हजार जना मध्ये कति जनामा कोरोना भाइरस ९कोभिड(१९० थियो रु 

चिनियाँहरूले के पनि शङ्का गर्दै छन् भने अमेरिकी विदेश मन्त्री माइक पम्पियोले चीनका परराष्ट्र मामिला सम्बन्धी स्टेट काउन्सलर याङ जेइचीलाई फोन गर्नुको कारण के थियो रु  यो प्रश्न यस कारण उठेको छ की चिनियाँ विदेश मन्त्री वाङ हि पोम्पियोका समकक्षी हुन ।

तर किन उनले वाङ हि मातहतका अधिकारीसँग  हतारोमा महत्त्वपूर्ण कुरा गर्न चाहेका होलान् रु चिनियाँ जनता कतै पोम्पियोले चीनले थाहा पाएको अमेरिकाको बदमासीबारे चीन मौन बसोस् भन्ने अनुरोध त गर्न खोजेका थिएनन् रु पम्पियोलाई याङले सो वार्ताका क्रममा ‘आफूहरू अमेरिकाले भन्ने गरेको शून्य सहनशीलता भन्ने शब्दको गम्भीर व्याख्याको प्रतीक्षामा रहेको’ जवाफ दिएका थिए ।

यो सबै तथ्यले चिनियाँ नेताहरू कोरोना भाइरसको सङ्क्रमण फैलावटमा अमेरिकी सेनाको संलग्नता रहेकोमा विश्वस्त रहेको देखाउँछ । अहिले उनीहरू विश्वव्यापी बनेको सङ्क्रमण रोक्न क्रियाशील छन् । आफ्ना छिमेकी लगायतका मुलुकलाई आवश्यक सहयोग गर्नमा व्यस्त छन् । अनि चिनियाँहरू अमेरिकाको तर्फबाट इमानदारीका साथ जवाफ आउने विश्वासमा प्रतीक्षारत छन् ।

विश्वका चर्चित सञ्चार माध्यमहरू समेत अहिले कोरोना भाइरस कहाँ उत्पत्ति भएको थियो भन्नेबारेका बहस र विवादलाई प्राथमिकताका समाचार बनाइरहेका छन् । अमेरिका, चीन र इरान बिच आरोप प्रत्यारोपको क्रम जारी नै छ । अमेरिकाले चीनलाई दोषी बताउँदै छ भने चीन र इरान अमेरिका तर्फ औला ठड्याइरहेका छन् ।  फ्रान्स स्थित चिनियाँ दूतावासले अमेरिकामा  कोरोना भाइरसको विकास भएको भन्ने आशयको ट्विट सोमवार गरेपछि भने स्थिति केही तनावपूर्ण बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलि बढी असहिष्णु बन्दै कोरोना भाइरसलाई चिनियाँ भाइरस भनिरहेका छन् । जबकि चिनियाँहरू धेरै तथ्य र प्रमाणहरूले कोरोनाको सङ्क्रमण अमेरिकी सेना मार्फत फैलिएको देखाउँदा समेत अमेरिकी पक्षबाट सही र स्पष्ट जवाफ आउने प्रतीक्षामा छन् । तथापि, आइतबार नै इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खमिनीले कोरोना भाइरस अमेरिकी सरकारले बनाएको मानव निर्मित भाइरस भएको दाबी गरेका थिए । अहिले कोरोना भाइरस विरुद्ध सबै देश एकजुट भएर लड्नुपर्ने बेला यसको संक्रमणलाई लिएर कतिपय देशबिच दुरी झनै बढ्दै गएको छ ।