काठमाडौँ । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध सिरियाको नयाँ सरकारसँग सम्बन्ध सामान्य बनाउन र शान्ति स्थापनाको मौका दिनका लागि प्रतिबन्ध हटाउने बताएका हुन् ।
उनले नयाँ सरकारसँग अमेरिकाले मिलेर काम गर्ने पनि बताइको छ । उनी बुधबार सिरियाका राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गर्दै छन् । शाराले अघिल्लो वर्ष राष्ट्रपति बसर अल असदलाई पदच्युत गराउँदै सत्ता सम्हालेका थिए ।
ट्रम्पले प्रतिबन्ध हटाउने जस साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोगानलाई दिन पनि बिर्सिएनन् । यी दुई नेताको आग्रहमा आफूले सुलहको प्रस्ताव गरेको ट्रम्पको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प