काठमाडौँ । नालापानी युद्धमा अङ्ग्रेजले नेपाली बहादुरीको तारिफ गरेको इतिहास धेरैले पढेका होलान् । शत्रु सैनिकप्रति यस्ता तारिफ इतिहासमा विरलै भेटिन्छन् । त्यस्तै तारिफ इरान–इजरायल युद्धमा पनि देखिएको छ। इरानी भूमिमा बम प्रहार गरेको अमेरिकाले इरानी सेनाको तारिफ गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरानले ‘साहसका साथ लडेको’ छ।नेटो बैठकको क्रममा राष्ट्रपति ट्रम्पसँग सोधिएको थियो कि के उनी इरानमाथिको प्रतिबन्ध हटाउने विचारमा छन्रुयसको जवाफमा उनले भने, ‘उनीहरूले (इरानले) हालै युद्धको सामना गरेका छन् र उनीहरू साहसपूर्वक लडे।’
‘यदि उनीहरूले तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन्, उनले भने ‘देशलाई पुनः उभ्याउनका लागि उनीहरूलाई पैसाको आवश्यकता छ।’ट्रम्पले यो पनि भने कि चीनले इरानबाट तेल किन्न सक्छ।ट्रम्पले भनेका छन् कि इरान र अमेरिकाबिच अर्को हप्ता वार्ता हुनेछ।
उनले भने, ‘हामी कुनै सम्झौता गर्न सक्छौँ। मलाई अहिले थाहा छैन। यो आवश्यक पनि छैन। उनीहरूले हालै युद्ध लडे र अब आफ्नै दुनियाँमा फर्किएका छन्।’ ट्रम्पले थप भने, ‘मैले पहिल्यै भनेको थिएँ कि इरानसँग आणविक हतियार हुन सक्दैन। ती नष्ट भइसकेका छन्। हामीले तिनीहरूलाई नष्ट गरिसकेका छौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ असार २०८२, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प