काठमाडौँ । काठमाडौँ महानगरवासीको दैनिक जीवनयापनलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले ३२ वटै वडालाई आग्रह गरेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको निर्देश अनुसार प्रशासन विभाग प्रमुख नमराज ढकालले ३२ वटै वडालाई पत्रलेखी आग्रह गरेका हुन् ।
प्रशासन विभाग प्रमुख ढकालले हस्ताक्षर गरी ३२ वटै वडाध्यक्षलाई पत्राचार गरेको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रुपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यत्रमा प्रहरी समेत सहयोग लिई सहजिकरण गर्ने उल्लेख छ ।
‘आफ्नो वडा अन्तरर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबार बिहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने,’ पत्रमा भनिएको छ, ‘वडामा अति विपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी कामपा प्रशासन विभागमा बुझाउने ।’
त्यसैगरी विदेश भ्रमण गरी मार्च १, २०२० (२०७६ फागुन १८) देखि हालसम्म वडामा वसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन् सो को विवरण सहित लगत तयार गरी पठाउन पनि सबै वडालाई आग्रह गरिएको छ ।
काठमाडौँ महानगरपालिका नगरकार्यपालिकाको मिति २०७६ चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २,३,र ४ लाख निकाशा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०७६, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम