‘विदेशमा रहेका नेपालीहरुलाई खानबस्न समस्या हुन नदिन निर्देशन’

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, १० : १२
‘विदेशमा रहेका नेपालीहरुलाई खानबस्न समस्या हुन नदिन निर्देशन’

काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारी लिदै गईरहेको बेला विभिन्न मुलुकमा रहेका नेपालीलाई खान बस्न समस्या नहुने गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विभिन्न मुलुकका नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाका बारेमा जानकारी लिदै सम्बन्धित मुलुकका राजदूतलाई निर्देशन दिएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत विभिन्न पाँच देशका राजदूतसँग नेपाली श्रमिकको अवस्थाबारेमा जानकारी लिदै खान बस्नको समस्या हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्रीद्वयले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिएका थिए ।
नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत देशमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएसँग नेपालीहरु श्रमिकहरु रोजगारी गुमेर कोठामै बसिरहेको बताइरहँदा सरकारले उनिहरुप्रति चासो देखाएको हो । कोरोना संक्रमणकोले महामारीले गर्दा विभिन्न मुलुक सहित नेपालले पनि लकडाउन गरिसकेकाले विदेशमा रहेकाहरुलाई आउजजान समेत अप्ठेरो अवस्था छ । 

प्रतिक्रिया दिनुहोस