लकडाउनमा पनि सडक दुर्घटना, एक जनाको मृत्यु

बुधबार, १२ चैत्र २०७६, ११ : १७
लकडाउनमा पनि सडक दुर्घटना, एक जनाको मृत्यु

साङ्केतिक फोटो

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, जगातीमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई भक्तपुर कमलविनायक बस्दै आएका २८ वर्षीय उत्तरबहादुर तामाङ छन् ।


जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार घाइते हुनेमा तामाङको डा। ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार घाइते सिन्धुपाल्चोक घर भइ कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ भने ११ वर्षीया कोलसङ डोल्मा तामाङ उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।

गएराति ९ः१० बजे बस पकेट नजिकै अरनीको राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकल ठोक्किँदा घटना भएको हो ।

दुवै सवारी साधन र ट्रक चालक चितवनका २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त, जगातीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस