‘दिल्लीमा लकडाउनको क्रममा निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई ५–५ हजार’ राहत

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०८ : ५९
‘दिल्लीमा लकडाउनको क्रममा निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई ५–५ हजार’ राहत

एजेन्सी । कोराना भाइरसको महामारी बढदैं गएपछि भारतमा घोषणा गरिएका २१ दिन लकडाउनको क्रममा दिल्लीमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई ५–५ हजार दिल्ली सरकारले राहत स्वरुप प्रदान गर्ने भएको छ । 

 दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा निर्माणको काम गर्ने सबै मजदूरलाई पाँच–पाँच हजार दिने घोषणा गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको संक्रमणपछिको अवस्थामा मजदुरको दैनिकी प्रभावित बनेपछि केजरीवाल सरकारले यस्तो घोषणा गरेको हो । लकडाउनकै कारण केजरीवालले भने, ‘यो बेला मजदूरको रोजी–रोटी गुमेको छ। सबै दैनिक ज्यालादारीका मजदूर थिए । निमार्णको काम गर्ने सबै मजदुरलाई पाँच–पाँच हजार दिइने छ ।’

केजरीवालले भने, ‘ म सम्झन सक्छु कि तपाईँहरुलाई धेरै समस्या भइरहेको छ । सरकार जनताको दुःखमा केही हदसम्म भए पनि राहत दिन्छ । तपाईहरुलाई परेको मर्का हटाउन हामी सम्पूर्ण प्रयास गरिरहेका छौँ । हामी सबैको जीवन बचाउन आवश्यक छ । त्यसका लागि ‘लकडाउन’को कठोर कदम उठाइएको हो ।’

जति पनि मजदूर दिल्ली बिल्डिंग एण्ड अदर कन्स्ट्रक्शन वर्कर्स बोर्डमा दर्ता छन् उनीहरुलाई जनही पाँच हजार दिइने भएको हो ।  भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देखि लागु हुने गरि २१ दिन सम्मको लामो देशभरि लामो लकडाउन घोषणा गरेका छन् । भारतमा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ भने करिब ५ सय संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस