‘लकडाउन’ कार्यान्वयन गर्न बिहानैदेखि प्रहरी सक्रिय, कतै कार्यान्वयन, कतै उल्लंघन

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, ०९ : ५६
‘लकडाउन’ कार्यान्वयन गर्न बिहानैदेखि प्रहरी सक्रिय, कतै कार्यान्वयन, कतै उल्लंघन

काठमाडौँ । सरकारले आजदेखि लागुहुने गरी अत्यावश्यक बाहेक घरबाट ननिस्किन आदेश जारी गरेसँगै प्रहरी बिहानै देखि सक्रियताका साथ लागेको छ ।  बिहान उपत्यकाको अबस्था हेर्दा धेरै जसो कार्यान्वय नभएको पाइएपछि फाट्ट फुट्ट रुपमा उल्घंन भएको पाइएको छ ।

आदेशको विरोधमा उल्ल्ंघन भएको नभइ हेर्नका लागि पनि मानिस घर बाहिर निस्किएको पाइएको छ । प्रहरीले त्यस्ता मासिनहरुलाई रोक्दै फर्काउने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आदेश कार्यान्वयनमा प्रहरीको सक्रियता बढाएको बताए । उनले आवश्यक मात्रामा प्रहरी टोली परिचालन गरेको उल्लेख गरे । आदेशको सर्वसाधारणहरुले खुलेर प्रशंसा गरिरहेका छन् ।

प्रहरीले माइकिंग गरेरै घरबाट ननिस्कन अपिल गरिरहेको छ ।  सरकारले  सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ ।  आदेशमा  औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । 

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्न आदेशमा भनिएको छ । 
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्त दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यकपर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।  औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ । 

औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने आदेशमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस