काठमाडौं । कोरोनाको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि आजदेखि देशब्यापी लकडाउनमा रहेको नेपाललाई चीनले नेपालको साथमा रहेको सन्देश दिएको छ ।
नेपालका लागि चीनीयाँ राजदुत होउ यान्छीले चीनले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी गरिरहेको भन्दै नेपाल एक्लै नरहेको सन्देश दिएकी हुन् । एकाबिहानै सामाजिक सन्जाल टिवट्रमा ट्वीट गदै राजदुत होउले नेपाली साथीहरुलाई चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउन लागिपरेको भन्दै नेपालको साथमा चीन रहेको बताएकी हुन् ।
‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरुलाई सहयोग पु¥याउन चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदुत होउले भनेकी छिन् ।
कोरोना विरुद्धको महामारीमा एक प्रकारले सफलता हासिल गरिसकेको चीनले नेपाललाई आवश्यक जुनसुकै सहयोग उपलब्ध गराउन तयार रहेको यस अगाडी पनि बताउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट