काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना (कोभिड–१९) भाइरस परीक्षण गर्ने भएको छ ।
यसअघि परीक्षणको लागि आइसोलेसन मै भर्ना हुनुपर्ने नियम थियो ।‘ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको छ’, मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले भने।
हालसम्म विश्वव्यापी रुप मै आएको विभिन्न तथ्यांकहरुले ६० वर्षमाथिकाहरुको लागि कोरोना संक्रमण थप जटिल हुने देखिएकोले तुरन्त जाँच प्रकृया सुरु गर्ने निर्णय गरिएको हो।
यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्नुपर्ने हुन्छ। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ चैत्र २०७६, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन