काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना (कोभिड–१९) भाइरस परीक्षण गर्ने भएको छ ।
यसअघि परीक्षणको लागि आइसोलेसन मै भर्ना हुनुपर्ने नियम थियो ।‘ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको छ’, मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले भने।
हालसम्म विश्वव्यापी रुप मै आएको विभिन्न तथ्यांकहरुले ६० वर्षमाथिकाहरुको लागि कोरोना संक्रमण थप जटिल हुने देखिएकोले तुरन्त जाँच प्रकृया सुरु गर्ने निर्णय गरिएको हो।
यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्नुपर्ने हुन्छ। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ चैत्र २०७६, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन