कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १७ : ४२
कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका

- सूर्यप्रकाश कँडेल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । कोरोना भाइरसको संक्रमण नभेटिएको तर एक जनमात्र संक्रमित भेटिएको हाम्रो मुलुक नेपालमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएसँगै खतराको घण्टी बजिसकेको छ । पहिला भेटिएका संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले भेटिएकी संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २३ मार्च (चैत १० गते) सम्मको तथ्यांकमा विश्वभर एक सय ८७ देशमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । ती देशका दुई लाख ९४ हजार एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको र १२ हजार नौ सय ४४ जनाको मृत्यु भएको डब्लुएचओको वेबसाइट डब्लुएचओ डट आईएनटीमा उल्लेख छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै बस्तुमा टाँसिएर बस्ने र ती बस्तुमा छुँदा हाम्रो हातमा आई त्यो हात हामीले मुख, नाक वा अनुहारमा पु¥याउँदा शरीरभित्र पुग्छ ।

चिकित्सकहरुका अनुसार, शरीरभित्र प्रवेश गरेको कोरोना भाइरस फोक्सोमा पुगेर त्यहाँ आफ्नो संख्या वृद्धि गर्छ । यसले फोक्सोका कोषलाई नष्ट गरेर गम्भीर प्रकारको निमोनिया गराउँछ, जसको कारण संक्रमितको मृत्युसम्म हुन पुग्छ । डब्लुएचओको तथ्यांकलाई आधार मान्ने हो भने कोरोना भाइरसको कारण हुने औसत मृत्युदर चारदेखि पाँच प्रतिशतभित्र छ । यो त्यति डराइहाल्नु पर्ने मृत्युदर होइन ।

कसरी बच्ने कोरोनाबाट ?

कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय भनेको यो भाइरसलाई आफ्नो शरीरभित्र प्रवेश गर्न नदिनु नै हो । यसका लागि हरेक व्यक्तिले आफूलाई भिडभाडबाट अलग राख्नु पर्छ । आफूलाई घरभित्रै सिमित गरेर सेल्फ आइसोलेसनमा बस्नु पर्छ । सरसफाईमा विशेष ध्यान दिनु पर्छ । त्यसका लागि कुनै वस्तु छोएपछि साबुन र पानीले हात धुने, स्यानीटाइजरले हातलाई किटाणुमुक्त गर्ने, अनुहारमा हात नपु¥याउने गर्नु पर्छ । भाइरसप्रतिरोधी (एन ३५) मास्क सहजै उपलब्ध नहुने भएकोले अनुहारमा हात पुग्न नपाओस् र रुघा वा खोकी लागेको बेला थुकका छिटा अरुको शरीरमा जान नपाओस् भनी सकेसम्म सर्जिकल मास्क नभएपनि साधारण कपडाको मास्क लगाउँदा कुनै हानि हुँदैन । मास्क नलगाएको अवस्थामा हाछ्युँ आएमा वा खोकी लागेमा कुहिनोलाई मुखमा जोडेर हाछ्युँ गर्नु पर्छ ।

बारम्बार हातलाई साबुन र पानीले धोएर वा स्यानीटाइजरको प्रयोग गरेर किटाणुरहित बनाउनु र त्यो हातलाई मुख, नाक वा अनुहारका अन्य भागमा नलैजानु नै कोरोना भाइरस संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । कोरोना भाइरसको संक्रमणबाट जोगिने प्रयत्न गर्दागर्दै पनि यसको चपेटामा परियो भने पनि आत्तिनु भने हुँदैन । कोरोना भाइरस सामान्य रुघाखोकी लगाउने भाइरसजस्तै हो । औषधि र खोपको अभावमा हामी यो भाइरसको संक्रमणसँग डराउनु परेको हो ।

रोग प्रतिरोधी क्षमता बढाउनु फाइदाजनक

कोरोना भाइरसबाट संक्रमित हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खालका खानेकुराको सेवनले कोरोनाविरुद्धको लडाइँमा साथ दिन सक्छ । विशेषगरी भिटामिन र प्रोटिन प्राप्त हुने खानेकुराले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । यसका लागि शाकाहार र मांसाहार दुबै उत्तम हुन्छ ।

मांसाहार गर्नेहरुलाई विज्ञानको भाषामा कार्निभोरस ९ऋब्च्ल्क्ष्ख्इच्इग्क्० भनिन्छ । यसलाई उल्टोपाल्टो गर्दा ति अक्षरबाटै कोरोनाभाइरस ९ऋइच्इल्ब्ख्क्ष्च्ग्क्० बन्दोरहेछ । यो एउटा संयोगमात्र हो । यसको अर्थ मांसाहारीलाईमात्रै कोरोना भाइरसको संक्रमण हुने र शाकाहारीलाई नहुने भन्ने होइन । बरु शाकाहारीलाई रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक एनिमल प्रोटिन कसरी प्राप्त गर्ने भन्ने चिन्ता पर्न सक्छ । यस लेखमा त्यही विषयमा चर्चा गर्न लागिएको छ ।

दूधले बढाउँछ रोग प्रतिरोधी क्षमता

फुड नेभिगेटर ड्यास एसिया डट कम अनलाइनमा पियर्ली नियो लेख्छन्, ‘चीनको दुग्धजन्य पदार्थ उपभोग निर्देशिकाले चिनियाँ नागरिकलाई प्रतिव्यक्ति दैनिक तीन सय ग्राम तरल दूध सेवन गर्न सुझाव दिएको छ ।’ यो सुझाव कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउनको लागि दिइएको नियोले बताएका छन् । उनका अनुसार यो निर्देशिकामा दैनिक तीन सय ग्राम तरल दूधको विकल्पमा ३७ दशमलव ५ ग्राम धुलो दूध वा ३० ग्राम चिज खान सकिने उल्लेख छ । गर्भवतीले भने दैनिक आधा लिटर तरल दूध सेवन गर्न र दुईदेखि पाँच वर्षका बालकले तीन सय ५० देखि पाँच सय ग्राम दूध दैनिक सेवन गर्न सुझाएको छ ।

दूधबाट प्रोटिनसँगै भिटामिन बी२, भिटामिन ए, क्याल्सियम पनि प्राप्त हुन्छ । भाइरसले हाम्रो शरीरभित्र रहेका कोषमा टाँसिएर आफ्नो संख्या वृद्धि गर्ने काम दूधबाट प्राप्त हुने विभिन्न तत्वले निस्क्रिय पारिदिने नियोले उल्लेख गरेका छन् । उनका अनुसार दूधबाट प्राप्त हुने ल्याक्टोफेरिनले कोषको झिल्ली (सेल मेम्ब्रेन) लाई सशक्त बनाउँछ, जसले गर्दा भाइरस कोषमा टाँस्सिन पाउँदैन । यसप्रकार दूधको सेवनबाट शरीरको प्रतिरोधी क्षमता सशक्त भई शरीरभित्र प्रवेश गरेको भाइरसलाई निस्क्रिय बनाइदिन्छ ।

पास्चराइज्ड दूधले निस्क्रिय पार्छ कोरोना भाइरस

डेरीहेर्ड डट कममा जीम डिक्रेल लेख्छन्, ‘पास्चराइज्ड गरिएको दूध र दूधबाट बनाइएका सबैखाले उत्पादनले कोभिड–१९ लाई निस्क्रिय पार्छन् । त्यसैले पास्चराइज्ड गरिएको दूध र दुग्धजन्य पदार्थ सेवन सुरक्षित छ ।’ 

हामी नेपालीहरु पास्चराइज्ड (प्रशोधित) दूधभन्दा पनि कच्चा दूध सेवन गर्छौं । यसले स्वास्थ्यमा असर त पार्दैन तर सरसफाईमा भने सजगता अपनाउनु पर्छ । कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने भएकोले जनावरमा यसको संक्रमण हुँदैन । दूध दुहुने, बजारमा लैजाने, बिक्री गर्ने, खरिद गरी घरमा ल्याउने र पकाउने व्यक्तिहरुले सरसफाईमा पूर्ण सजगता नअपनाउँदा संक्रमित व्यक्तिबाटै अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिन सक्छ । यसतर्फ भने सजगता अपनाउन आवश्यक छ ।