काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सोमबार विभिन्न देशका लागि ४ वटा उडान तालिका तय भएका छन् । नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि सो उडान तालिका तय भएको विमानस्थल प्रहरी प्रमुख रामकृपाल शाहले जानकारी दिए ।
उनका अनुसार कतार एयरलाइन्स र सिल्क एयरलाइन्स १–१ वटा फ्लाइट रहेको छ भने इतिहाड एयरलाइन्सको दुई वटा उडान रहेको छ । कोभिड १९ को संक्रमण हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले विदेशबाट आउने उडानमा भने पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध चैत १८ गतेसम्म जारी रहनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित