चितवन माडीको घर आइसोलेसनको लागि दिने घोषणा

आइतबार, ०९ चैत्र २०७६, १६ : ४९
चितवन माडीको घर आइसोलेसनको लागि दिने घोषणा

चितवन । कोरोना भाइरसको त्रास बढिरहेको बेला चितवनको माडी नगरपालिकाका समाजसेवी प्रकाश रिजालले आइसोलेसन वार्डको लागि घर दिने घोषणा गरेका छन् ।

माडी नगरपालिका वडा नं १ मा रहेको १२ जनाभन्दा बढी मानिस अट्न सक्ने घर आइसोलेसन वार्डको लागि दिने घोषणा गरेको समाजसेवी रिजालले सफल खबरलाई जानकारी दिए । 

आइसोलेसन सञ्चालनको लागि आजैदेखि घर खाली गरिसकिएको बताए । उनले भने, ‘घर खाली गरिसकिएको छ, बिजुली, बत्ती, खानेपानी, शौचालय अस्पतालमा हुने सबै सुविधा घरमा रहेका छन् ।’ उनले आइसोलेसनको लागि आवश्यक परे आफ्नो अर्को घरसमेत खाली गरिदिने बताए ।

उनले भने, ‘आइसोलेसन वार्ड सञ्चालनको लागि मैले माडी नगर प्रमुख ठाकुर ढकाल, माडी वडा नं १ का वडाध्यक्ष कृष्ण पौडेललाई समेत जानकारी गराइसकेको छु् ।’   

प्रतिक्रिया दिनुहोस