विश्व कोरोनाको कहरसंगै लडदैं, उत्तर कोरिया भने क्षेप्यास्त्र प्रहारमा व्यस्त

रासस

शनिबार, ०८ चैत्र २०७६, १७ : ५१
विश्व कोरोनाको कहरसंगै लडदैं, उत्तर कोरिया भने क्षेप्यास्त्र प्रहारमा व्यस्त

सोल । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।  दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो ।

विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ ।

उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४१७ जनाको मृत्यु भएको छ ।  जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ । (एएफपी)

प्रतिक्रिया दिनुहोस