८१ जनाले गरे रक्तदान

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १६ : ५६
८१ जनाले गरे रक्तदान

चितवन । कोरोना भाईरसको प्रभावका कारण अहिले चितवनमा रगत अभाव छ । यसैलाई मध्यनजर गरेर मिलीजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भरतपुर महानरपालिका ७ कृष्णपुर र नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ  । 

कार्यक्रममा ५४ जना पुरुष र २७ जना महिला गरी ८१ जनाले रक्तदान गरेका थिए । आज बिहान भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि थिए । उनले संकटको यस्तो अवस्थामा रगत दान गरेर मानिसलाई नयाँ जीवन दिने काम आफैमा महान भएको बताए ।

भरतपुर महानरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि राजेन्द्रमणि काफ्लेले रक्तदानप्रति युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । 

नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालले मानवलाई नयाँ जीवन दिने यस्ता पूर्ण कार्यमा सहकारी लागेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । 

संस्थाका अध्यक्ष रामजी पौडेलले सहकारीले आफ्नो वार्षिक उत्सवमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले संस्था स्थापनाको २२ औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रमले धेरैलाई पुर्नजीवन दिने बताए । 

प्रतिक्रिया दिनुहोस