कोरोना विशेष अस्पतालमा तीन जनाको स्वास्थ्य परीक्षण, एक जना आइसोलेसनमा

शनिबार, ०८ चैत्र २०७६, १३ : ५८
कोरोना विशेष अस्पतालमा तीन जनाको स्वास्थ्य परीक्षण, एक जना आइसोलेसनमा

चितवन ।  चितवन प्रदर्शनी केन्द्रमा संचालनमा भएको कोरोना विशेष अस्पतालमा पहिलोपटक तीन जना शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोनाको आशंका लागेपछि चितवन मेडिकल कलेज सिएमसीबाट आज बिहान  तीन जना बिरामी कोरोना विशेष अस्पतालमा पुगेका थिए ।  तीन जना मध्ये दुई जनाको अवस्था सामान्य देखिएपछि उनीहरुलाई औषधि दिएर घर पठाइएको कोरोना विशेष अस्पतालले जनाएको छ । 

एक जना बिरामीलाई भर्ना गर्नु पर्ने अवस्था देखिएपछि उनलाई तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 

उता भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले  एक जना पुरुषको आइसोलेसन वार्डमा उपचार भइरहेको बताए । उनका अनुसार भोलिसम्ममा उनको परीक्षणको रिपोर्ट आउनेछ । 

प्रतिक्रिया दिनुहोस