परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशीमन्त्री जयशंकरबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, २० : १४
परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशीमन्त्री जयशंकरबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौँ । भारतले नेपालमा अत्यावश्यक सामग्री सुरक्षित तवरले सहज पार्ने प्रतिवद्धता जनाएको छ । 

आज दुई देशका विदेशमन्त्रीबीच भएको छलफलमा भारतले अत्यावश्यकीय सामग्री तथा मेडिकल सामग्री दुई देशबीच सहज आउजाउ गराउन सहमति भएको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशीमन्त्री सुब्रह्मन्यम जयशंकरबीच भएको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो । 

वार्ताका क्रममा दुबै परराष्ट्र मन्त्रीले कोभिड–१९ महामारीको तीव्र प्रसारबाट उत्पन्न हुने खतरालाई रोक्न लिनुदिनुपर्ने सहयोग र उपायका बारेमा वृहत छलफल गरेका थिए । 

दुई मन्त्रीले दुबै देशहरु बीच सामान र चिकित्सा वस्तुहरु को आपूर्ति सहज बनाउनुपर्नेमा  जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोनासँग सम्बन्धित संकट र जोखिमहरूलाई कम गर्न सीमामा प्रभावकारी निगरानी राख्ने बारेमा पनि दुईमन्त्रीबीच सहमति भएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ । 

नेपालका परराष्ट्र मन्त्री ज्ञवालीले कोविड १९ लाई रोक्नका लागि नेपाललाई सहयोग पुर्याएकोमा भारत सरकारलाई धन्यवाद दिए । त्यस्तै चिकित्सक तथा विशेषज्ञहरूको रैपिड प्रतिक्रिया टोलीको सेवाहरू सहितको प्रस्तावको समेत सराहना ज्ञवालीले टेलिफोन वार्तामा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस