चैत ९ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्दको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १८ : ३४
चैत ९ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्दको घोषणा

काठमाडौँ । देशैभर संघ प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ । 
नेपाल राजपत्रमा प्रकाशन गरिएका अन्त्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबहाक सवारी साधन बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए । 

मानिसको भीडभाड हुने सिनेमा हल आदि बन्द गरिनुका साथै विद्यालय र विश्वविद्यालयको पठन पाठन र परीक्षा स्थगित गरिएको पनि उनले जानकारी दिए । 
यो असहज अवस्थालाई सामँन्य बनाउन सरकार प्रयत्नशील रहेको पनि उनले बताए । 

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित 
काठमाडौं । सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो । 
कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए । 
उनले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखि संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको पनि जानकारी दिए । यस सम्बन्धमा न्धिमा छिमेकी देश भारत र चीनसँग आवश्यक समन्वय गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।