बुटवलमा पनि २४ घण्टामा एक सय बेडको अस्पताल बन्दै

शुक्रबार, ०७ चैत्र २०७६, १७ : ५८
बुटवलमा पनि २४ घण्टामा एक सय बेडको अस्पताल बन्दै

बुटवल । बुटवलमा एकसय बेडको आइसोलेसन अस्पताल निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित औद्योगिक क्षेत्रमा सय बेडको आइसोलेसन अस्पताल निर्माण हुन लागेको हो । उपमहानगरले बन्द अवस्थामा रहेको धागो कारखानालाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्न थालेको छ । शुक्रबार बिहानबाट सुरु भएको अस्पताल निर्माणको काम २४ घण्टाभित्र सक्ने तयारी छ । 

शनिवार साँझसम्म सञ्चालनमा ल्याउने तयारी स्वरुप अहिले धागो कारखाना परिसरमा शौचालय निर्माण, विद्युत जडान तथा रङरोगनको काम भइरहेको छ । निर्माण व्यवसायी संघ रुपन्देहीले अस्पतालको लागि ३० वटा अस्थायी शौचालय निर्माण गरिदिने भएको छ । त्यस्तै बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि १ सय थान सुरक्षित एप्रोन काठमाडौंबाट ल्याइएको छ । बुटवलमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनैपनि विरामी नभेटिएपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर दैनिक चार पाँच जना बिरामी आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस