काठमाडौँ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । कोरोनाको संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाउनकै लागि संघिय संसदको दुवै सदनको बैठक स्थगित गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक बस्दै