राष्ट्रिय सभाको बैठक पनि अनिश्‍चितकालका लागि स्थगित

शुक्रबार, ०७ चैत्र २०७६, ११ : २५
राष्ट्रिय सभाको बैठक पनि अनिश्‍चितकालका लागि स्थगित

file photo

काठमाडौँ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।  यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । कोरोनाको संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाउनकै लागि संघिय संसदको दुवै सदनको बैठक स्थगित गरेको हो ।