कोरोना भाइरस (कोभिड–१९)

कोरोना भाइरसबाट विश्वभर ८ हजार ९ सय ७० जनाको मृत्यु

एजेन्सी

विहीबार, ०६ चैत्र २०७६, १४ : ०३
कोरोना भाइरसबाट विश्वभर ८ हजार ९ सय ७० जनाको मृत्यु

फाईल फोटो

एजेन्सी । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभर ८ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३ सय ५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका छन् ।

एक लाख २४ हजार ६ सय ११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ७६ वटा देशमा देखा परिसकेको छ । (एएफपी)

प्रतिक्रिया दिनुहोस