कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् । उनीहरुका साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियोे ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो
चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू