उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण

एजेन्सी

बुधबार, ०५ चैत्र २०७६, १४ : ५५
उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण

एजेन्सी । विश्वभर हजारौँको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित व्यक्तिको उपचार कति जोखिमपूर्ण छ भन्ने कुरा छिमेकी देश भारतको एउटा घटनाले पुष्टि गरेको छ ।

भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यो घटनाबाट नेपालका चिकित्सकहरुले पनि पाठ सिक्न जरुरी छ । कोरोना संक्रमितको उपचारमा सुरक्षात्मक उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ ।

ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस