लण्डनबाट भारत फर्केपछि नायिका सोनम आइसोलेसनमा

एजेन्सी

बुधबार, ०५ चैत्र २०७६, १२ : ०१
लण्डनबाट भारत फर्केपछि नायिका सोनम आइसोलेसनमा

फाईल फोटो

एजेन्सी । बलिवुड नायिका सोनम कपुर लण्डनबाट भारत फर्केपछि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत आएको बताएकी छिन् । 

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि उनले भारतीय सरकार र कोरोनाविरुद्ध लड्नका लागि अपनाइएको तयारीको तारिफ पनि गरेकी छिन् ।

सोनमले भनिन्, ‘एयरपोर्टमा मेरो विभिन्न स्थानमा परीक्षण भयो ।’ एयरपोर्टबाट घर पुगेपछि सोनम परिवारसँगै बसेकी त छिन् तर आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् । 

आजकाल धेरैजसो मानिसहरु भाइरसबाट बच्नका लागि आफ्नो घरमै बसिरहेका छन् र भीडभाडयुक्त इलाकामा सकेसम्म जान अस्विकार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस