काठमाडौँ । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिव करिव पारित गर्न लागेको थियो सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । तर अन्तिम चरणमा पुगेको विधेयक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले बीचैमा अड्काईदिए । उनले राजनीतिक सहमति जुटाउने प्रयास थालिएको भन्दै एक वर्षदेखि अड्किँदै आएको विधेक फेरी अड्काए । सांसदहरुले यसरी विधेक अड्काउँदा नराम्रो सन्देश जाने भन्दै मन्त्रीलाई चेतावनी दिँदै कि सरकारले फिर्ता लियोस् की भने तत्काल पारित गर्नुपर्यो भने ।
नेकपाकी साँसद पम्फा भूषालले त अब यो विधेयक राज्य व्यवस्था समितिले अड्काएको भन्न नपाउने समेत बताईने । उनकोकुरा नसकिँदै मन्त्री त्रिपाठीले मन्त्रीले अड्काईदियो भनेर भन्दिनुस् भनेर पत्रकारहरुलाई आग्रह नै गरे । सिंहदरबारमा आज भएको बैठकमा केही वेर मन्त्री र साँसदको वाक युद्ध जस्तै भयो ।
लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन रहेको उक्त विधेयकका कतिपय दफामा सांसदहरुबीच मत बाझिएपछि विधेक पारित हुन सकिरहेको छैन। त्यसमाथि मन्त्रीले नै अड्को थापेकाले अझै अनिश्चित बनेको छ । उक्त विधेयकमाथिको आजको छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले राजनीतिक सहमति जुटाउने प्रयास थालिएको जानकारी दिए ।
उक्त विधेयकको दफावार छलफलका क्रममा प्रदेश सरकारको प्रमुख सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सङ्घको हुने की सोही तहको हुने भन्ने विषयमा सांसदहरु बीच कुरा मिलेको छैन ।
समितिको आजको बैठकमा सभापति शशी श्रेष्ठसहितका अधिकांश सांसदहरुले विधेयक पारित गर्न दवाव दिएका थिए । फेरी चैत पाँच गते अर्काे बैठक बस्नेगर ीआजको बैठक सकियो ।
प्रस्तावित विधेयकको दफा १२२ मा प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको पद मानिने छ भन्ने उल्लेख छ । यस्तै दफा १२३ मा प्रदेश सरकारको सचिव प्रदेश निजामती सेवाको पद हुने र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धीत स्थानीय तहको पदको हुनेछ भन्ने उल्लेख छ । सोही बुँदामा सदस्यहरु बीच सहमती जुट्न सकेको छैन । विधेयक तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विसं २०७५ माघ २५ मा संसदमा दर्ता गराएका थिए । दफावार छलफलमा लागि उक्त विधेयक सोही वर्षको फागुन १० गते समितिमा आएको थियो । एक वर्ष हुँदासमेत विधेयक विचाराधिन छ ।
छलफलका क्रममा सांसदहरुले संविधानको भावना अनुसार कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । कतिपय नेपाली कांग्रेसका सांसद र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले संविधानको भावनाअनुसार सहकारिता, सहअस्तित्व र समन्वयलाई आत्मसाथ गर्दै विधेयक पारित गर्नुपर्नेमा जोड दिए ।
नेकपाका अर्काे सदस्य जनार्दश शर्माले संविधानले दिएको तीन तहको अधिकारलाई आत्मसाथ गर्दै आएको प्रस्तावलाई तत्काल पारित गर्नुपर्ने धारणा राखे । उनले कि विकल्प दिनुपर्यो, झन् सरकराले विधेक ल्याउनुपर्नेमा अड्काउने किन भन्दै प्रति प्रश्न गरे । अब कसैको मत नफेरिने भन्दै उनले मन्त्रीसँग केही जादु भए देखाइदिन समेत भने ।
समितिका सदस्य नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सङ्घले नीतिगत निमार्ण मात्रै गर्ने तर उसले प्रदेश र स्थानीय तहलाई हस्तक्षप गर्न नहुने धारणा राख्नुभयो । सङ्घबाट प्रमुख सचिव पठाउँदा सङ्घीयताको भावना विपरित हस्तपक्ष हुने भएकाले उक्त विषय जनआन्दोलनको भावना विपरित हुने हुँदा संसोधन हुनुपर्ने उहाँको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयकमाथि समितिमा छलफल जारी, भदौ १७ भित्र पारित गर्ने तयारी
निजामती विधेयकमा ४३ जना सांसदले पेश गरे संशोधन प्रस्ताव
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
निजामती विधेयक आज पास गर्ने तयारी
३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी