काठमाडौँ । प्रतिनिधि सभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।
सोमबार आजबाट सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।
प्रतिनिधि सभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।
सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने विधायन व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयकमा ४३ जना सांसदले पेश गरे संशोधन प्रस्ताव
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
निजामती विधेयक आज पास गर्ने तयारी
३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी