पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरु संग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले बजारमा ग्याँसको अभाव सृजना भएको खाद्यानमा मृल्यबृद्धि भएको , सामानको कृतिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिए ।
आइतबार परेको विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यनमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे ।
अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनकोक्रममा उपभोक्ताले स्टक राख्ने, ब्यपारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान, एलपी ग्याँस र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए । शर्माले पनि उपभोक्ताले स्टक राख्दा बजारमा समस्या देखिएको बताए । मास्क कालोबजारी गर्नेलाई कारावाही भएको भन्दै बजार अनुगमन तिव्ररुपमा गरिएको बताए ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताए । अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका ब्यथिति अन्त्यगर्न सवै लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगार क्षेत्रमा अनुगमन र कारबाही तीव्र, एकै दिन १८ मुद्दा दर्ता
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु