अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु

शुक्रबार, ३० फागुन २०७६, ११ : २७
अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु

जनकपुर । होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

अत्याधिक रक्सी सेवन गरी मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिए ।
यस विषयमा थप अनुसन्धान समेत भइरहेको उनले जानकारी दिए ।