चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमित वा शंकास्पद बिरामीलाई राख्नको लागि बनाइएको आइसोलेसन वार्डमा भरतपुर अस्पतालले १४ बेड थपेर १९ बेड क्षमताको बनाएको छ । यसअघि भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पाँच बेडको आइसोलेसन वार्डलाई बिस्तार गरी १९ बेडको बनाइएको जानकारी दिएका हुन् । डा. तिवारीद्वारा जारी विज्ञप्तिमा पछिल्लो दस दिनभित्र रुघाखोकी तथा ज्वरो आएको वा दुई हप्ताभित्र विदेश (कोरोना प्रभावित देश) बाट फर्किएको वा त्यस्ता व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा लिन आग्रह गरिएको छ ।
भरतपुर अस्पतालबाट हालसम्म दुई जना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँमा पठाइएकोमा नतिजा नेगेटिभ आएको (कोरोना संक्रमण नभेटिएको) डा. तिवारीले जानकारी दिए । बिहीबार थप एक जना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको उनले बताए ।
यसैबीच, भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले पनि पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन र शंकास्पद बिरामी पत्ता लगाउन अस्पतालको गेटमै हेल्प डेस्क स्थापना गरिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०७६, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’