काठमाडौं । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ।
एक ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ।
बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो। अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्डविपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन्।
राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ। तर नबिलले यसविपरीत काम गरिरहेको छ। ऋणीहरूले दाबी गरेअनुसार बैंकले सबैभन्दा पहिले साँवा, त्यसपछि ब्याज र अनि मात्र ब्याजमा लागेको जरिवाना काट्ने गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा