एजेन्सी । भारतको ओडिशामा मंगलबार होली उत्सवपछि नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ ।
बीबीसी हिन्दीका अनुसार, कटकमा रहेको सरकारी अग्नीनियन्त्रण विभागका डेप्युटी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म विभिन्न स्थानमा मृत्यु भएका १५ जनाको शव भेटिएको पुष्टि गरेका छन् ।
कटकका स्थानीय सुभम कुमार बेहरा र निशान्त पाढी होली खेलेपछि आफ्ना अन्य साथीहरुसँग नजिकैको नदीमा नुहाउन गएका थिए । नुहाउने बेला यी दुबैजना डुबे । यी दुईलाई नदीबाट निकालेर कटकको एससीबी मेडिकल कलेज अस्पताल पुर्याइयो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए ।
यस्तै, रायगडा जिल्लाको गुणुपुरमा होली खेलेपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे । पीडितमध्ये एकको घटनास्थलमा नै मृत्यु भयो भने अन्य दुईलाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरुको पहिचान वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमारको रुपमा गरिएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुन्डीको महेन्द्रतनया नदीमा एक, रेढाखोलको सन्धीमुँडा केनामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
निलगिरीको सिएडीमल ड्याममा एक, सालेपुरको चित्रोत्पला नदीमा एक र बारीपदाको जम्भीरा बाँधमा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
यस्तै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ जसको पहिचान हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु