काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट एक्कासी खस्न गई गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उहाँको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । जीप चालक घोडाघोडी–२ साडेपानीका हिरामान चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु