काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट एक्कासी खस्न गई गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उहाँको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । जीप चालक घोडाघोडी–२ साडेपानीका हिरामान चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु