सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई कम्तिमा ६ महिना लाग्ने

मंगलबार, २७ फागुन २०७६, १७ : ०८
सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई कम्तिमा ६ महिना लाग्ने

काठमाडौं । सामान्य अवस्थामा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने चिकित्सकहरुले बताएका छन् । 

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएपनि पुरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताइन् । 

यस्तै उनले अब प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने बतााइन् ।