भारतले प्रतिबन्ध लगाएका औषधिबाहेक अन्य वस्तुको आयात बन्द भएको छैन् : अर्थमन्त्री खतिवड

मंगलबार, २७ फागुन २०७६, १६ : २१
भारतले प्रतिबन्ध लगाएका औषधिबाहेक अन्य वस्तुको आयात बन्द भएको छैन् : अर्थमन्त्री खतिवड

काठमाडौं । भारतले प्रतिबन्ध लगाएका औषधिबाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ ।

मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो ।

औषधिजन्य वस्तु बाहेक अन्य वस्तुहरु आयातमा कुनै समस्या नरहेको अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्भर्दमा अत्यवश्यक वस्तुको सहज उपलब्धताका लागि नीजि क्षेत्रसँगको सहकार्यलाई अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

मन्त्री खतिवडाले आवश्यकता भन्दा बढी मात्रामा औषधि र ग्यास भण्डारण नगर्न पनि आग्रह गरेका छन् । रसुवागढी र तातोपानी नाकामा रोकिएका सामानहरु सुरक्षित रुपमा नेपाल ल्याउन व्यवसायीहरुले सुझाव दिएको उल्लेख गर्दै मन्त्री खतिवडाले अनावश्यक रुपमा सामान किनेर भण्डारण नगर्न उपभोक्तालाई सचेत गराउने विषयमा पनि बैठकमा छलफल भएको बताए । 

औषधि व्यवसायीहरुले ५, ६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएको पनि उनले बताए । यस्तै ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको पनि उनले बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न नीजि क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताए । सबै होलसेल पसल र प्रत्येक जिल्लामा पु¥याउने लक्ष्यसहित मास्क उत्पादन हुने जानकारी उनले दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्रका मन्त्रीहरु लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस