सुनको मूल्य वृद्धि भई आज पुनः नयाँ कीर्तिमान

मंगलबार, २७ फागुन २०७६, १२ : २७
सुनको मूल्य वृद्धि भई आज पुनः नयाँ कीर्तिमान

काठमाडौं । चार दिनयता स्थिर रहेको सुनको मूल्य आज वृद्धि भई आज पुनः नयाँ कीर्तिमान बनेको छ । 

आज मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार ७०० र तेजावी सुनको मूल्य ८२ हजार ४०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो । बिहेको लगन पनि सकिनै लागेको र चुलिँदो मूल्यले गर्दा सुन किन्ने ग्राहक संख्य अत्यन्तै न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।

फागुन २३ गते अर्थात गत शुक्रबार छापावाल सुन तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलामा ८२ हजार ४०० रुपैयाँ मै कारोबार भएको थियो । 

कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्ला वर्षहरु फागुन महिनामा दैनिक ४० किलोसम्म बिक्री हुने सुन यस पटक मुस्कीलले १० देखि १५ किलो हाराहारी मात्रै बिक्री हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस