उर्गेन तामाङ
प्रदेश सांसद दाहालले ल्होछार लगायतका चाडपर्वले समुदाय समुदायविच भातृत्व साथै सद्भाव कायम गर्ने बताउनुभएको छ । भरतपुर नगर तामाङ समाजले भरतपुर ११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान तथा सम्मान साथै शुभकामना आदानप्रदान गरी नयाँ वर्ष सोनाम ल्होछार मनाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद दाहालले ल्होछार लगायतका चाडपर्वले समुदाय समुदायविच भातृत्व साथै सद्भाव कायम गर्ने बताउनुभएको छ । सवै चाड पर्व सवै समुदायले सहर्ज स्विकारेकारेर एक आपसमा शुभकामना आदानप्रदान गर्नेगरेका छन उहाँले भन्नुभयो बहुभाषा, संस्कृति भएको नेपालमा ल्होछार लगायतका चाडपर्वले सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो । सांसद दाहालले मुलुकमा राजनीतिक परिवर्तनसँगै सवै जात जाती, भाषा भाषी, वर्ग समुदायको हक अधिकार पनि सुनिश्चित भएकाले थप उपलव्धीका लागी सवै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै समाजका अध्यक्ष गंगालाल तामाङले भाषा, धर्म, संस्कार संस्कृति संरक्षणमा युवाहरुलाई अघि बढ्न आव्हान गर्नुभयो ।
कार्यक्रममा स्वर्गीय जनगायक खुसीराम पाख्रीनको सम्मानमा उहाँका परिवारलाई सम्मानपत्रले सम्मान गरीएको थियो । ५ सय बढी जनवादी गितमा स्वर र सव्द भरेका खुसीराम गृहजिल्ला चितवनको केन्द्रिय वस टर्मिनलमा आयोजीत सभामा युवालाई जगाउने गीत गाउदा गाउँदै ढलेका थिए ।
नेपाली गीतसंगीतसँगै राजनीतिक परिवर्तनमा खुसीरामले अतुलनिय योगदान पु–याएकाले मरोणप्रान्त सम्मान गरीएको समाजका अध्यक्ष गंगालाल तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस