ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

सोमबार, २६ फागुन २०७६, १५ : ५३
ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । 

उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)