हिजो सरकारमा नजाँदा बाहिर आएका हल्लामा कुनै सत्यता छैन : प्रचण्ड

शुक्रबार, ०४ फागुन २०७४, १७ : १६
हिजो सरकारमा नजाँदा बाहिर आएका हल्लामा कुनै सत्यता छैन : प्रचण्ड

 - निरोज दवाडी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका  सम्बन्धमा अएका समचारहरु गलत भएको बताएका छन्  । ‘हामी हिजो सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्तामै छौ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामख र मन्त्रीहरुकै विषय टुङ्ग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्छौ’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘ हामी राजनीतिक नियुक्ति सहितको एकता गर्छौ । वार्ता सकारात्मक भइरहेको छ ।’

वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस